१७ कार्तिक, काठमाडौँ। भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको नेपाल भ्रमण क्रममा हुने मानार्थ महारथी पदवी नदिन हाम्रो नेपाल हामी नेपालीले माग गरेको छ । सोमबार सैनिक मुख्यालयमा नेपाली सेनाका प्रबक्ता समेत रहेका सहायकरथी सन्तोष पौडेल र ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले बर्तमान स्थितिमा नेपाली जनताको मानमर्दन हुने किसिमले भारतीय सेना प्रमुखलाई मानपदवी नदिन माग गरेको हो ।
सैनिक मुख्यालयमा भएको भेटघाटमा संयोजक शाहीले नेपाली सेनालाई बर्तमान समयमा देखिएको समस्याहरुको समाधान गर्न सेना भूमिकाको बारेमा जिज्ञासा राखेका थिए, जबाफमा नेपाली सेनाका तर्फबाट देशमा भईरहेका घटनालाई नजिकबाट नियालिरहेको र देशको राष्ट्रियता र स्वाधिनतालाई कहिँ कतैबाट कमोजोर हुन् नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
छलफलमा अभियानका संयोजक ज्ञानेन्द्र शाही सहित केन्द्रीय सल्लाहकार रत्नलाल श्रेष्ठ , केन्द्रीय कार्यकारी सदस्य भीमसेन मैनाली केन्द्रीय सदस्य शक्तिराज ठकुरीको उपस्थिति रहेको थियो ।