गोरखा बाह्रकिलोको प्रहरीमा कोरोना देखिएपछि प्रहरी चौकी सिल

समाचार

१४ असोज, गोरखा । गोरखा नगरपालिका–११ स्थित बाह्र किलो प्रहरी चौकी सिल गरिएको छ । चौकीमा कार्यरत एक प्रहरी कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी चौकी सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

संक्रमितलाई आइसोलेसनमा राखिएको र उक्त चौकीमा कार्यरत अन्य १२ जना प्रहरी कर्मचारी चौकी हातभित्रै क्वारेन्टिनमा बसेको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।

अर्काे सूचना प्रकाशित नभएसम्मका लागि उक्त चौकीबाट प्रदान हुँदै आएको सेवा जिल्ला प्रहरी कार्यालयबाट प्रवाह गरिने उनले जानकारी दिए ।