११ भाद्र, गोरखा । गोरखाको शहिदलखन गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेपछि यतिवेला जेष्ठ नागरिकहरू खुशि देखिन्छन् ।
गाउँपालिका अध्यक्ष रमेश थापाका अनुसार गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घरघरै पुगेर ७० वर्ष उमेर पुगेकाहरुको स्वास्थ्य जाँच गरिनेछ ।
थापाले भने, यस्तो सेवाले कोरोना कहरले घर बाहिर निस्कन नसकेका नागरिकलाई राहत मिल्नेछ।
लखन गाउँपालिकामा ७० वर्ष उमेरदेखि माथिका करिब दुई हजार पाँच सय जना रहेको गाउँपालिकाले जनाएको छ ।
वृद्धवृद्धालाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम गाउँपालिकाले यो वर्षदेखि संचालन गरेेेेको हो ।
साउनदेखि सुरु गर्ने योजना भएपनि कोभिड १९ को प्रभावले एक महिना ढिला भएको उनले बताए ।
गाउँपालिकाले दिर्घरोगी वृद्धवृद्धालाई निशुल्क औषधी दिने योजना सहित घरघरमा पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको जनाएको छ ।
यो अभियानले ९ वटै वडाका जेष्ठ नागरिकहरू लाभान्वित हुनेछन्। सहिद लखन गाउंपालिका ७ नम्वर वडाध्यक्ष शरण श्रेष्ठका अनुसार, गाउंगाउंमा स्वास्थ्यकर्मि पुगेर सेवा दिंदा वडावासिहरू अत्यन्तै खुशि भएको र यस्ताेे योजनाहरूले जनप्रतिनिधि र नागरिक विचमा थप बलियो सम्बन्ध स्थापित गर्न टेवा पुगेकोे वताउनुभयो।