१ भाद्र, काठमाडौं, नेकपा सचिवालयले विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्य कार्यदल गठन गरेका थिए ।
अध्यक्षद्वयले अन्य नेताहरुसँगको सल्लाहबिना कार्यदल गठन गरेको भन्दै पार्टीका अन्य शीर्ष नेताहरुले असन्तुष्टि जनाएपछि सचिवालय बैठकबाट त्यसलाई अनुमोदन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।