रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भए पनि उल्लेख्य मात्रामा मानिसहरू सहभागी भएका छन्।
यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो।
कोरोना भाइरस कोभिड—१९ ले रातो मच्छिन्द्रनाथको रथारोहण के गर्ने भन्ने समस्या थियो।
वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरू हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ।
यसअघि २०७२ सालमा भूकम्पका कारण तोकिएका मितिमा रथयात्रा भएको थिएन। वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरू हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरू गर्ने चलन छ।