२३ असार, काठमाडौं । सांसद सरिता गिरीलाई सांसद पदबाट हटाउन कार्यदलले सिफारिस गरेको छ। समाजवादी पार्टीको ह्विप नमानेकी गिरीलाई कारबाही गर्न बनेको अध्ययन कार्यदलले आज सिफारिस गरेको हो।
कार्यदलको सिफारिसबारे निर्णय गर्न मंगलबार समाजवादी पार्टी पदाधिकारीको बैठक संसदीय दलको बैठक सिंहदरबारमा बस्ने भएको छ। स्रोतका अनुसार समाजवादी पार्टीको पदाधिकारी बैठकले प्रतिनिधिसभा सांसद् सरिता गिरीलाई कारबाहीको निर्णय गर्ने छ। पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए।