प्रतीकात्मक तस्बिर ढलमा पनि भेटियो कोरोना Top Post समाचार पालिका टाईम्स २० असार २०७७, शनिबार प्रकाशित २० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।