होटल व्यवसाय खोल्ने सरकारको तयारी

Top Post समाचार

१९ असार, काठमाडौं । सरकारले लकडाउनका कारण बन्द रहेको होटल व्यवसाय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले होटल  व्यवसाय खोल्ने तयारी भएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमार्फत भट्टराईले पर्यटकीय क्षेत्रलाई गतिमा ल्याउनका लागि स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर होटल खोलिने जानकारी दिए । त्यसका लागि सम्बन्धित क्षेत्रका व्यक्तिलाई तयारी गर्न आग्रह गरिएको उनको भनाइ छ ।

चैत ११ गतेदेखिको लकडाउनका कारण होटल व्यवसाय बन्द नै छ । मन्त्री भट्टराईले होटल खुला गर्नका लागि आफूले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल गर्न थालेको बताएका छन् ।