वसुन्धरामा ट्याक्सीले स्कुटरलाई ठक्कर दियो, गोरखाका गुरूङ्को मृत्यु

समाचार

काठमाडौं । काठमाडौँको वसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धरामा बा२ज ११९२ नं को ट्याक्सीले बा ९१ प ५४०३ नं को स्कुटरलाई ठक्कर दिँदा गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजु गुरुङको मृत्यु भएको हो ।

गएरातिको घटनामा गम्भीर घाइते गुरुङको उपचारका क्रममा आज बिहान त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनामा मृत्यु भएका गुरुङ प्रहरी प्रभाग तिलिङ्गाटारमा प्रहरी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए ।

घटनामा संलग्न ट्याक्सी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।