काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।
गोरखा अश्राङ् घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । तस्विर: अनलाईन खवर।