काठमाडौं। झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-७ मिलडाँडा बस्ने ४५ वर्षीय टेम्पा माली सतारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सतारले ती किशोरीलाई विभिन्न प्रलोभन देखाई आफ्नै घरमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीमाबाट खटिएको प्रहरीले सतारलाई पक्राउ गरेको छ ।