गण्डकीका मुख्यमन्त्री पोखरेलको ट्रस्टलाई सहयोग स्वरूप गोरखामा रू १ अभियान

Top Post राजनीति समाचार

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल मन्त्री र अन्य कांग्रेस नेताहरूको निजी ट्रष्ट र फाण्डेशनका लागि ‘रु १ दान’ संकलन अभियान गोरखा वजारमा चलेको छ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गोरखाको आयोजनामा सोमवारदेखि हरमटारी चोकमा ‘रु १ दान’ संकलन अभियान सुरु भएको अनेरास्वीयूले जनाएको छ।

गण्डकी प्रदेश सरकाले सरकारी ढुकुटीको दुरुपयोग गरी मुख्यमन्त्री, मन्त्री सांसद र नेताको पारिवारिक ट्रष्ट र फाण्डेशनका लागि बजेट विनियोजन गरेका विरोध स्वरुप अभियान सुरु गरिएको बताए।

सो अभियानबाट संकलन भएको रकम मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ट्रस्टको खातामा जम्मा गरिदिने एक सहभागिले बताए। सहभागिका अनुसार रु एक रुपैयाँका दरले संकलन गरिएको अभियानको पहिलो दिन तीन सय ३० रुपैया संकलन भएको छ।

सो निर्णयलाई लिएर मुख्यमन्त्री पोखरेल र अन्य मन्त्रीहरूको चर्को आलोचना भएपछि एक विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता लिईएको थियो। गोरखाका कांग्रेस नेताहरूले पनि मुख्यमन्त्री पोखरेल विरूद्द सामाजिक संजालमा चर्को विरोध गरेका थिए।