गोरखा । भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्वर पाण्डेसहित पाँच जना बिरुद्ध डिभिजन बन कार्यालय गोरखाले पक्राउ पुर्जी जारी गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा हानिनोक्सानी पुर्याएको भन्दै कार्यालयले उनीहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेमध्य गापाका पुर्वअध्यक्ष पाण्डे, सामुदायिक वनका सचिव, सहसचिव लगायत अन्य पाँच जना रहेको कार्यालयले जनाएको छ ।‘वन पैदावरमा हानीनोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’, कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने ।
सोही अभियोगमा यस अघि नै भवानी सामुदायिक वनका अध्यक्ष राम ढकाल यस अघि नै कार्यालयको नियन्त्रणमा छन् । ढकाललाई वन कार्यालयले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
अनुसन्धानको क्रममा ढकालले दिएको बयानका आधारमा कार्यालयले गापाका पुर्वअध्यक्ष पाण्डेसहित पाँच जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित सम्माननीय जिल्ला अदातलमा मुद्धा दर्ता हुनेछ’, पौडेलले भने । ईश्वर पाण्डेसहित पाँच जना बिरुद्ध डिभिजन बन कार्यालय गोरखाले पक्राउ पुर्जी जारी गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा हानिनोक्सानी पुर्याएको भन्दै कार्यालयले उनीहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेमध्य गापाका पुर्वअध्यक्ष पाण्डे, सामुदायिक वनका सचिव, सहसचिव लगायत अन्य पाँच जना रहेको कार्यालयले जनाएको छ ।
‘वन पैदावरमा हानीनोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’, कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने ।
सोही अभियोगमा यस अघि नै भवानी सामुदायिक वनका अध्यक्ष राम ढकाल यस अघि नै कार्यालयको नियन्त्रणमा छन् । ढकाललाई वन कार्यालयले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
अनुसन्धानको क्रममा ढकालले दिएको बयानका आधारमा कार्यालयले गापाका पुर्वअध्यक्ष पाण्डेसहित पाँच जना बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित सम्माननीय जिल्ला अदातलमा मुद्धा दर्ता हुनेछ’, पौडेलले भने । जनचासो टाईम्स वाट।