सिस्डोल पुगेर मेयर शाहले भने, दिर्घकालिन रूपमा फोहोर व्यवस्थापन गर्न सके मात्र उत्सव मनाउंला !

Headlines राजनीति समाचार स्वास्थ्य

काठमाडौं । काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् ।

उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तर्वार्ता समेत नदिने बताएका छन् ।

साह मेयरमा निर्वाचित भएको शुक्रबार घोषणा गरिएको थियो ।