गोरखाको शहिद लखनमा पुन: माओवादी केन्द्र विजयी, अध्यक्षमा मगर र उपाध्यक्षमा तिवारी निर्वाचित

Top Post राजनीति समाचार

गोरखा । गोरखाको शहिद लखन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी बनेको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका रमेश वावु थापा मगर गाउंपालिका अध्यक्षमा निर्वाचित बनेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार नारायण वावु लामिछाने लाई हराउदै विजयी बनेका हुन् । मगरले ५६७१ मत ल्याउदा लामिछानेको ४६०१ मत आएको छ।

उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट ईन्दिरा तिवारी निर्वाचित भएकी छिन् । उनले ५१२२ मत ल्याउदा उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार शर्मिला श्रेष्ठले ४७५२ मत प्राप्त गरिन् ।

अघिल्लो चुनावमा पनि सोहि गाउंपालिका माओवादि केन्द्रले जितेको हो।