गोरखाको बारपाक सुलिकोटमा माओवादी केन्द्र विजयी, अध्यक्षमा भट्ट र उपाध्यक्षमा गुरुङ

Top Post राजनीति समाचार

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी बनेको छ ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेका विष्णु प्रसाद भट्ट गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर घलेलाई हराउदै विजयी बनेका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याउदा घलेको ४ हजार ८६४ मत आएको छ

उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट सनमाया गुरुङ निर्वाचित भएकी छिन् । उनले ५ हजार ७६५ मत ल्याउदा उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेख माया रानाले ४ हजार ५७५ मत प्राप्त गरिन् ।

उनका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेख माया रानाले ४ हजार ५७५ मत प्राप्त गरिन् ।