काठमाडौंमा ५२९ मत गन्दा ३४ प्रतिशत मतसहित बालेनको अग्रता

Top Post राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्।

५२९ मत गन्दा शाहले १७८ मत पाएका छन्। उनले गणना भएको मतको ३४ प्रतिशत मत पाएका छन्।

दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित ११० मत ल्याएका छन्। अहिलेसम्म सिंहले २३ र स्थापितले २१ प्रतिशत मत पाएका छन्।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्।