गोरखाको गण्डकी गाउँपालिका ६ को बालकी केन्द्रमा मतदान रोकियो

राजनीति समाचार

गोरखा। गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ को बालकी आधारभतु विद्यालय मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतदान केन्द्रमा लाठी बोकेर आएपछि मतदान प्रक्रिया अहिले रोकिएको प्रहरीले जनाएको छ । उक्त केन्द्रमा ६८१ जना मतदाता रहेका छन् ।