५ बैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सिना ‘साकार’लाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी गाउँपालिकाको आइतवार बसेको बैठकले’साकार’लाई अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गण्डकी गाउँपालिका इन्चार्ज समेत रहेका साकारलाई गाउंपालिकाको अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको अध्यक्ष सिताराम रसाइलीले जानकारी दिए।
साकार, २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा झिनो मतले पराजित भएका थिए।