१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र गोरखाका उनी निकट कार्यकर्ताहरूको भेला ठमेलको एक होटलमा वसेको छ। विहिबार पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो गुटका कार्यकर्ताहरूलाई बोलाएर छलफल गरेका छन् ।
ठमेल स्थित होटल आर्ट्समा कार्यकर्ताहरूलाई बोलाएर पछिल्लो समय उत्पन्न परिस्थितिको समीक्षा गर्दै यस्तो बेलामा आफ्नो समूहले लिनुपर्ने रणनीतिको विषयमा समेत श्रेष्ठले समुहमा छलफल गरेका हुन् ।
गोरखा काठमाडौं सम्पर्क समन्वय समिति को सम्पन्न निर्वाचनलाई लिएर सो भेला आयोजना गरिएको एक सहभागीले वताए। सो भेलामा समन्वय समितिको निर्वाचनमा पराजित भएकाहरूको उपस्थित रहेको थियो। विशेष श्रोतका अनुसार, भेलामा नेतृत्व तथा अर्को पक्षका नेता कार्यकर्ताहरूको चर्को आलोचना गरिएको थियो।