७ चैत, काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मा `प्रभाकर´को सञ्चार विज्ञमा पत्रकार अजित अधिकारी नियुक्त भएका छन् । उनले केही समय अघिदेखीनै अर्थमन्त्रीको प्रेस हेर्दै आए पनि सोमवार नियुक्ति पत्र बुझेका हुन् ।
पत्रकार अधिकारी लामो समयदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । विगत ११ वर्षदेखि आर्थिक पत्रकारितामा सक्रिय रहँदै आएका अधिकारी नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत छन्।
प्रेस सेन्टर काठमाडौंका वरिष्ठ उपाध्यक्ष रहेका अधिकारी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कोषाध्यक्ष समेत हुन् ।