१९ गोरखा, काठमाडौं । गोरखाका पत्रकार भीमलाल श्रेष्ठ पत्रकारहरुको संगठन प्रेस चौतारीबाट सम्मानित भएका छन् । संगठनको गण्डकी प्रदेश समितिको पहिलो अधिवेशन समारोहमा श्रेष्ठ सम्मानित भएका हुन् ।
प्रेस चौतारी गोरखाको संस्थापकका रुपमा श्रेष्ठ सम्मानित भएका हुन् । अधिवेशनका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सो अवसरमा गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका चौतारीका संस्थापकहरु र गण्डकी प्रदेशबाट प्रेस चौतारीको पदाधिकारीमा रहेर योगदान दिएकाहरुलाई पनि सम्मान गरिएको थियो ।