५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । ओली निवास बालकोटमा भएको भेटमा देउवाले संसद्को गतिरोध अन्त्यका लागि आग्रह गरेको बुझिएको छ ।
दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो ।
यद्यपि भेटमा के कुरा भयो भन्नेबारे जानकारी दिइएको छैन ।