नेपाली कांग्रेस र जसपा परित्याग गरि गोरखाका दर्जनौं नेता/कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश

राजनीति समाचार

८ माघ, काठमाडौं । विभिन्न पार्टी परित्याग गरी गोरखाको भीमसेन थापा गाउँपालिकाबाट दर्जन भन्दा बढी नेता/कार्यकर्ता नेकपा माओवादी (केन्द्र)मा प्रबेश गरेका छन्। काठमाडौँको बालाजुस्थित सगुन क्याफेका आयोजित एक कार्यक्रमकाविच गोरखाको भीमसेन थापा गाउँपालिमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सक्रिय रहेका १८ जना नेता/कार्यकर्ता पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रबेश गरेका हुन्।

कांग्रेसका सुदिप बस्ताकोटी र जसपाबाट नविन लामिछानेको नेतृत्वमा माओवादी केन्द्र प्रबेश गरेकाहरुलाई माओवादी केन्द्रका गोरखा जिल्ला इन्चार्ज कृष्ण धितालले खादा, अविर लगाएर पार्टीमा स्वागत गरेको समन्वय समितिका गोरखा जिल्ला सद्स्य राजेन्द्र लामिछानेले जानकारी दिए।

अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गर्नेहरुमा नविन लामिछाने, सुदिप बस्ताकोटी, प्रदिप लामिछाने, उज्वल बानियाँ, भुवन थापा, मनोज भट्ट, सुदिप अम्गाइ, गोपाल लामिछाने, पारस बानियाँ, सुनिल धिताल, भुवन बन्जरा, सुजन धिताल, दिननाथ बस्ताकोटी, पवन बस्ताकोटी, कैलाश बस्ताकोटी, मानकाजी बानियाँ, निशान थापा, राजेन्द्र लामिछाने रहेका छन् ।

जसपाबाट माओवादी केन्दमा प्रवेश गरेका नवीन लामिछानेले आफ्नो पुरानो घर फर्कन पाउँदा गौरव अनुभुति भएको बताए । उनले सहिदले देखाएको बाटोमा निरन्तर लागीपर्ने प्रतिबद्धता व्यक्त गरे ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज धितालले पार्टी प्रवेश गरेका सबै साथीहरूलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने बताए ।

नेकपा माओवादी केन्द्र भिमसेन थापा गाउँपालिका सम्पर्क समन्वय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहिद काशिनाथ लमिछाने र राजविराज दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरियो । उक्त कार्यक्रमम सहिद परिवारजनसंगै नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।