गोरखा शहिद लखन गाउंपालिका वडा ७ को नेपाल तरूण दल सभापतिमा खनाल चयन

समाचार

०४ माघ, गोरखा । नेपाली काँग्रेस शहिद लखन गाउपालीका वडा-७ बुङकोटको आयोजनामा वडा स्तरिय नेपाल तरूण दल गठन भएको छ ।

जिवन खनालको अध्क्षयतामा शहिद लखन गाउंपालिका वडा नं ७ को नेपाल तरुण दल गठन भएको हो। १७ जनाको कार्य समिती रहने गरि तरूण दल गठन भएको सभापति खनालले वताए।

सोही कार्यक्रममा वडा ७ का अध्यक्ष शरण श्रेष्ठ तथा स्थानिय कांग्रेस नेताहरूको वाक्लो उपस्थिती रहेको थियो ।

नेपाल तरूण दल मार्फत विद्यार्थीको हकहितमा काम गर्ने र नेपाली कांग्रेस लाई साझा पार्टी वनाउने गरि अघि वढ्ने जीवन खनालले वताए।

सोहि कार्यक्रम बाट वडा स्तरीय पार्टीको बिभिन्न भातृ संस्था गठन भएको छ।

नेपाल महिला संघमा सन्जिता श्रेष्ठको अध्क्षयतामा १७ जनाको कार्य समिती गठन भएको छ।

नेपाल भू.पु संघमा होम बहादु थापाको अध्क्षयतामा १३ जनाको कार्य समिती गठन भएको छ साथै नेपाल किसान संघमा शुक्रराज श्रेष्ठको अध्क्षयतामा १९ जनाको कार्य समिती गठन भएको छ।