शिक्षक नेता अधिकारीको निधनमा काठमाण्डौंमा श्रद्घाञ्जली सभा सम्पन्न

समाचार

२ असोज, काठमाण्डौ । भदौ ३० गते निधन भएका नेपाल शिक्षक महासंघ संघीय कार्यसमितिका अर्थ उपमहासचिव शेरबहादुर अधिकारीको आज काठमाण्डौमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

२०१८ सालमा जाजरकोट जिल्लाको पजारुमा जन्मिएका अधिकारीको भदौ ३० गते काठमाण्डौ सिभिल हस्पिटलमा ६० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । १३ दिने काजकृया नगरेर बुवाको बुझाई, आदर्शलाई एक नयाँ उचाईमा लिने प्रणका साथ श्रद्धान्जली सभाको आयोजना गरिएको छोरा महेश अधिकारीले जानकारी दिए ।

उनले भने, “बुवा आस्था र विचारको आधारमा भौतिकवादलाई पुर्ण विश्वास गर्नु हुन्थ्यो । समाजमा संस्कृतिको नाममा, परम्पराको नाममा रहेका कुसंस्कार र अन्धविश्वासको आडम्बरमा रहेका परम्परावादी सोच विचार मुल्य र मान्यतामा सधै भर परिवर्तनको लागि विरोध गरि रहनु भयो । बाचुन्जेल मानव जीवन एक समाज परिवर्तनको हिंसा बन्नु पर्छ भनेर प्रेरणाका साथ मार्ग निर्देशन गरि रहनु भयो । तसर्थ उहाँको सपना, विचारलाई अक्षरस पालना गर्दै धर्म, परम्परा, पुरातन आस्थामा विमति राख्दै बुवा कै मार्ग निर्देशन अनुसार हामीले १३ दिने काजकृया नगरेर बुवाको बुझाई,आदर्शलाई एक नयाँ उचाईमा लिने प्रण गर्याै ।”

यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माया प्रसाद आचार्य पारशमणीले स्वर्गीय शेरबहादुर सरका छोरा छोरीले गरेको निर्णयमा पुर्ण समर्थन र उच्च सम्मान रहेको बताए । उनले, “राम्रो छ यो ठुलो सांस्कृतिक क्रान्ति हो, भौतिकबादले अन्य धर्मको सम्मान गर्छ तर अन्धविश्वाश र रुडिवाद मान्दैन । स्वर्ग वा नर्क हुनेमा विश्वाश गर्दैन । गाईको दूध ढुङ्गामा पोख्ने र गौउत पिसाब खाने कुरा गर्दैन । शेरबहादुर सरका छोरा छोरीले गरेको निर्णयमा पुर्ण समर्थन र उच्च सम्मान छ ।”

शारदा स्मृती सामाजिक उत्थान प्रतिष्ठान जाजरकोटले आयोजना गरेको उक्त श्रद्धान्जली सभामा माननीय शक्ति वहादुर बस्नेत, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, माननिय भैरब शुन्दर श्रेष्ठ, माननीय सत्या पहाडी, माननीय माया प्रसाद आचार्य, नेताहरु गोबिन्द बिक्रम शाह, राजिब बिक्रम शाह, माइला लामा, रामदिप आचार्य, निरज आचार्य लगायतको सहभागिता रहेको थियो ।

यसैगरी असोज १२ गते जाजरकोट छेडागाड नगरपालिका पजारु घरमा पनि श्रद्धान्जली कार्यक्रम आयोजना गरिने पारिवारीक स्रोतले बताएको छ ।