ज्योति लाइफ इन्स्योरेन्सदेखि सावधान : विमा अभिकर्ता कागजात लिन बोलाएर बलात्कार प्रयास

समाचार

२७ भदौ, काठमाडौं । विमा कम्पनिहरुले सर्वसाधरणको सुरक्षित भविष्यका लागि विमा अनिवार्य रहेको प्रचार गर्दै आएका छन् । सर्वसाधरणको जीवन रक्षाको नाममा अकुत रकम उठाउँदै आएको एक विमा कम्पनिका कर्मचारीले विमाको आवरणमा एक महिलामाथि बलात्कार प्रयास गरेर जीवन नै धराप बनाएको पाइएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनिका कर्मचारीले एक महिलालाई बलात्कार प्रयास गरेको घटना सेटिङमा लुकाइएको पाइएको छ ।

घटना बाँके जिल्लाको कोहलपुरको हो । कोहलपुर घर भएकी ३९ वर्षिय ती महिला न्यायका लागि एक वर्ष भौतारिँदा पनि शक्तिशालीहरुले प्रहरी प्रशासन नै किनिदिएपछि मुद्दा नै परिमार्जन गरेको पाइएको छ ।

नेपालगञ्जस्थित ज्योति लाईफ इन्स्योरेन्समा कार्यरत क्षेत्रिय सेल्स म्यानेजर बताउने मोहन कुमार माझीले गत वर्ष २०७७ असार २१ गते राती ८ बजे ती महिलालाई बलात्कार प्रयास गरेका थिए ।

‘मलाई घरमा छोडिदिन्छु भनेर गाडीमा राख्यो । गाडीको ढोका बन्द गरेर कोहलपुरबाट बानियाभार जंगलमा पुर्याएपछि गाडीभित्रै बलात्कार प्रयास गर्यो,’ पीडित महिलाले सञ्चारकर्मीसँग भनेकी छिन्,‘तर बलात्कार प्रयासको घटनालाई अर्कै मुद्दा बनाइयो ।’ ती महिलाका अनुसार एक घण्टासम्म आफूले प्रतिकार गरेपछि मात्रै जोगिन सफल भएको बताएकी छिन् । घटनापछि महिलाले नेपालजञ्जस्थित ज्योति लाईफ इन्स्योरेन्सको कार्यालयमा गएर जानकारी गराएकी थिइन् । तर, ज्योती लाईफले माझीलाई कारबाही गर्नुको सट्टा उन्मुक्ति दियो ।

उल्टै शक्तिको आडमा घटना ढाकछोप गर्न लागियो । तत्कालिन प्रहरी प्रमुख डिएसपीलाई समेत इन्स्योरेन्सले किनेको स्रोतले बतायो । ईलाका प्रहरी कार्यालय कोहलपुरमा एक वर्षअघि नै जाहेरी लिएर पुगेकी उनलाई प्रहरीले बलात्कार प्रयासको प्रमाण खोई भन्दै उजुरी लिन समेत अस्विकार गरेको पीडितको भनाई छ । घटनापछि तत्कालिन कोहलपुर प्रहरी नेतृत्वले बलात्कार प्रयास मुद्दालाई अभद्र व्यावहार मुद्दा बनाएर मुद्दा दायर गरेको पाइएको छ ।

तत्कालिन सिडिओ रााम बहादुर कुरुम्बाङले समेत सोही मुद्दामा पक्राउ पुर्जी जारी गरेका थिए । सिडिओको समेत मिलेमतोमा माझीलाई पक्राउ नै नगरि सरकारी वकिलको कार्यालयमा मुद्दा दायर भएको पाइएको छ । महिलाको बयान नै नगराई सरकारी वकिलको कार्यालयको रायको आधारमा सिडिओ कार्यालयले ज्योति लाईफका क्षेत्रिय प्रमुख माझीलाई ५ हजार रुपैयाँ धरौटीमा छाडेको पाइएको छ ।
धरौटी तिरेर उन्मुक्ति पाएका माझी भने आफू उक्त दिन कोहलपुरमै नभएको झूटो बयान दिँदै आइरहेका छन् ।

पीडित महिलाका अनुसार माझीले घटना भएको दिन चटार जाने रोडमा आएर अभिकर्ताको कागजात लिन बोलाएका थिए । ती महिलाले ‘अहिले बेलुका ८ बजिसक्यो भोली लिन आउँछु’ भन्ने जवाफ दिएकी थिइन् । तर, यौन तृष्णाले तृप्त भएका माझीले ‘भोली अन्तै जानु छ, अहिले नै आउनुस्’ जबरजस्ती बोलाएका थिए । माझीको जबरजस्तीपछि अभिकर्ताको कागज लिन घरबाट निस्किएकी उनलाई फर्कने बेला माझीले गाडीमा पुर्याइदिने भनेका थिए । ‘मलाई घरसम्म छाडिदिन्छु भनेपछि म घर जान लागेँ । तर, माझीले गाडीको सिसा लक गरेर गाडी कुदायो । मैले रोक्नुस् भन्दै चिच्याएँ । तर, उनले गाडी नरोकी बानियाभार जंगलमा पुर्याए । र जबरजस्ती करणी प्रयास गरे,’ पीडित महिलाले भनिन् । दियो पोष्ट वाट