२ भाद्र, चितवन । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएसंगै सामाजिक विकास मन्त्रालयमा कृष्ण खनाल लाई नियुक्त गरिएको छ।
सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री र कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् । खनाल चितवन २ (ख) का निर्वाचित सांसद हुन ।
सामाजिक विकास मन्त्री नियुक्त भएका खनाल माधव नेपाल समुहका थिए । उनलाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रिय सदस्यमा समेत राखिएको छ ।