एलआईसी नेपालले मृतकको घरमै पुगेर भुक्तानी गर्यो ५३ लाख ३० हजार रूपैयाँ

अर्थ समाचार

२ भाद्र, काठमाडौं । एलआईसी नेपालमा बीमा गरेको ११ महिना नपुग्दै मृत्यु भएका व्यक्तिका हकवालालाई मृत्युदाबी बापत ५३ लाख ३० हजार रूपैयाँ घरमा पुगेर भुक्तानी गरेको छ ।

करिब १ बर्ष अघि ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा न. १४ निवासी श्री कृष्णहरी श्रेष्ठले एलआईसी नेपाल ललितपुर शाखाका वरिष्ट अभिर्कता श्री टेक बहादुर खड्काबाट रु.५० लाख बिमांकको जीवन बीमा गराएका थिए । बिमा गराएको ११ महिना नपुग्दै उहाको ब्रेनह्याम्टेजको कारण मृत्यु भएको थियो ।

निजको मृत्यु पछि श्रीमती सजना श्रेष्ठलाई मृत्युदाबी भुक्तानी बापत रु ५३ लाख ३० हजार रुपैयाको चेक ललितपुर शाखा मार्केटिङ्ग प्रमुख घनश्याम बुढाथोकी र एजेन्सी म्यानेजर टेक बहादुर खड्काले संयुक्त रुपका मृतकको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा ललितपुर शाखा मार्केटिङ्ग प्रमुख घनश्याम बुढाथोकीले प्रोफेश्नल अभिर्कतासग जीवन बीमा गराउदा सजिलैसग बीमा दाबी भुक्तानी पाउने बताउनुभयो भने बरिष्ट अभिर्कता खड्काले जीवन बीमाले कसैको जीवन फिर्ता ल्याउन नसक्ने तर आर्थिक प्रभावलाई त्यनिकरण गर्न सहयोग पुयाउने भन्दै बीमा सबैको लागी महत्वपूर्ण रहेको बताउनु भयो । त्यसैगरी मृतककी श्रीमती श्रेष्ठले एलआईसी नेपालले बिना भन्भन्ट सजिलै, समयमै घरमा आएर मृत्यदाबी भुक्तानी गरेकोमा खुसी प्रकट गर्दै एलआईसी नेपाल प्रति भन भरोसा तथा विश्वास बढेको बताईन् ।