कोरोनाका कारण गोरखामा एक जना शिक्षकको निधन

समाचार

२६ साउन, गोरखा । गोरखाको नवज्योति माविमा का एक जना शिक्षकको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

गोरखा नगरपालिका ७ को डण्डीडाडाँमा रहेको नवज्योती माविका शिक्षक ऋषिराम लामिछानेको आज राजधानीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

साउन पहिलो साता कोरोना संक्रमण देखिएका उनलाई असहज भए पछि गोरखा अस्पताल भर्ना गरिएको भएता पनि थप उपचारकोलागी राजधानीको बीर अस्पताल लगिएको भएता पनि भ्यान्टीलेटरको अभावका कारण नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भईरहेकोमा लामिछानेको मंगलबार निधन भएको बिद्यालयका प्रधानाध्यापक शिवराम कट्टेलले बताए । ‘

गोरखाकै शिक्षक सुनिल खनालका अनुसार, उनि प्रष्ट वक्ता, निडर, सहयोगि, असल र सवैको प्रीय रहेको वताए।