मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक वालुवाटारमा बस्दै

Headlines राजनीति समाचार

१३ साउन, काठमाडौं। मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै छ। बैठक बुधबार (आज) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने उनले जानकारी दिए।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गरेका थिए।

त्यसपछि स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ।