उपेन्द्र यादवले बोलाए जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक

राजनीति समाचार

१२ साउन, काठमाडौं । निर्वाचन आयोगले आधिकारिकता दिएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने आजको बैठकमा सहभागी नहुने भएको छ । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बैठकबारे आफूहरुलाई जानकारी नभएकाले नजाने बताएका छन ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले सोमबार यादव पक्षलाई नै आधिकारिकता दिएको थियो ।