प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची

Top Post समाचार

१२ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

उमेश श्रेष्ठ आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।

संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

जनमोर्चा नेपालबाट २०४८ सालको आम निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।