मन्त्रिपरिषद् बैठक दिउसो ३ बजेका लागि बोलाइयो

Headlines समाचार

११ साउन, काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सोमबारका लागि बोलाइएको छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफलसहित आवश्यक निर्णय हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।