महिनावारी भएको वेलामा कोरोना विरुद्धको खोप लगाउन मिल्छ ?

समाचार स्वास्थ्य

१० साउन, काठमाडौं। नेपालमा अहिले अमेरिकी अनुदानमा प्राप्त एक मात्र लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप लगाउन सुरु गरिएको छ। सरकारले अहिले लक्षित वर्गभित्र पर्ने १८ वर्ष माथिका सबैलाई प्राथमिकताका आधारमा खोप प्रदान गरिरहेको छ।

खोप कार्यक्रम चलिरहदा धेरै युवती तथा महिलाहरु खोपका विषयमा दुविधामा रहेको पाइएको छ। महिनावारीको समयमा कोरोना विरुद्धको खोप लगाउन मिल्छ वा मिल्दैन भन्नेबारे अन्यौलता सिर्जना भएको पाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतम शर्माले महिनावारी भएको समयमा खोप लगाउन मिल्ने जानकारी दिए।

डा. गौतमले भने, ‘महिनावारी भएको समयमा महिलाहरुले खोप लगाउन मिल्छ। महिनावारीको समयमा खोप लगाउँदा कुनै असर गर्दैन।’

उनले महिलाहरुले प्राथमिकताको आधारमा पालो आउँदा महिनावारी भएको समयमा पनि खोप लगाउन डर मान्न नपर्ने बताए। खोपको विषयमा अध्ययन गरिरहेका विज्ञहरुले हालै मात्र गर्भवती तथा सुत्केरीले पनि खोप लगाउन मिल्ने बताएका छन्। लोकपाटि वाट।