उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने

Top Post समाचार

१० साउन, काठमाडौँ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताए । उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए ।

‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन । फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘आज चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय हुन्छ ।’