एकता प्रक्रियाबारे छलफल गर्न एमालेको माधव पक्षको बैठक

Top Post राजनीति समाचार

४ साउन, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताहरु डल्लुमा छलफलका लागि जुटेका छन् । स्रोतका अनुसार डल्लुमा यो समूहको बैठक चलिरहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु अहिले बैठकमा जुटेका हुन् ।

आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।