४ साउन, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका स्थित भाग्योदय माविकी प्रधानाध्यापक सीता विसिले आफू माथि राजनितिक प्रतिशोध राखेको वताएकी छिन् ।
पालिका टाईम्समा प्रकाशित समाचार वारे खण्डन गर्दै भनेकि छिन्, मेरो कार्यकालमा कुुनै आर्थिक हिनामिना भएकै छैन तथापि केही समुहले मेरो चरित्र हत्या गर्न राजनितिक प्रतिसोध राखेर अफवाह फैलाएका छन्। आफ्नो कार्यकालमा कहिंकतै हिनामिना भएको प्रमाणित गर्न पनि चुनौती दिएकि छिन् ।
वेतलवि शिक्षिकाको विषयमा आर्थिक हिनामिना भएको प्रश्नमा उनले भनिन्, सवै रकम विद्यालयको खातामा छ र सो रकम के गर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति र हामी वसेर छिट्टै निर्णय गर्छौं र प्रतिशोध राखेर कसैले अफवाह फैलाउन जरूरि छैन ।
छात्रवृत्ति को विषयमा विसिले मेरो कार्यकालमा अनियमितता नभएको दावी गरिन्। उनले भनिन्, भर्खरै रकम आएको छ र लक्षित वर्गलाई छिट्टै हामी छात्रवृत्ति वांड्छौं। समाचारमा आए अनुसारको छात्रवृत्तिको रकम वारे अनियमितता मेरो कार्यकालमा नभएको दावी गरिन् ।