एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदरबारमा छलफल थालिएको १२ घण्टा बितेको छ । तर सहमति हुने नहुने अझै अन्योल कायमै रहेको छ र माछो माछो भ्यागुतो भनेझैं हुने पक्का देखिएको छ।
बिहान ९ बजेदेखि एमालेभित्रको विवादि मिलाउन कार्यदलको बैठक जारी रहेको हो । तर पौने १० बजेसम्म न बैठक सकिएको छ न त नेताहरुले सकारात्मक खबर नै बाहिर ल्याएका छन् ।
एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले कार्यदलमा कुनै प्रगति नभएको बताए ।