महिला मन्त्रालयको ५०५२ नम्बरको गाडीभित्र यौनजन्य गतिविधि

समाचार

२५ असार, काठमाडौं । भक्तपुर जिल्लामा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् । शम्भु कार्की र ती महिला गाडीभित्रै अश्लील गतिविधि गरिरहेका थिए ।

प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरू अश्लील गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेको भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।