२४ असार, काठमाडौं। नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा तीन जना नेता बाहिरिएका छन्।
बिहीबार मध्याह्नबाट सुरु भएको बैठक चलिरहँदा अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल सदस्यहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल निस्किएका हुन्।
बैठकको बीचमै बाहिरिएका उनीहरू प्रधानमन्त्री कार्यालयमा सल्लाहकार विष्णु रिमालको कक्षमा आन्तरिक छलफलमा जुटेका छन्।