टेलिकम डुबाउन गम्भीर चलखेल

समाचार

२४ असार, काठमाडौं । गत असार ९ गते बिहान ५ बजेर ५५ मिनेटदेखि ८ बजेर १५ मिनेटसम्म नेपाल टेलिकमका सेवाहरु पूर्ण अवरुद्ध भएका थिए । दुई घण्टा २० मिनेट सञ्चार बिच्छेद भएको उक्त घटनालाई धेरैले सामान्य रुपमा लिए । यसका पछाडि रहेको गम्भीर चलखेल भने असामान्य थियो ।

यो र यस्तै चलखेलका कारण टेलिकम धरासायी हुने जोमिख बढेको छ । टेलिकमले हाम लोकेसन रजिष्ट्रेशन (एचएलआर) प्रविधिले काम नगर्दा कल फरवार्ड हुन नसकेकाले सेवा रोकिएको भन्दै आएको छ । अर्कातिर टेलिकम सञ्चालक समितिले यसमै छानबिन समिति बनाएको छ ।

त्यसले बेलामा काम भने गर्न पाएन । सेवा अवरुद्ध भएको विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले व्यापार प्रमुख प्रतिभा वैद्यको संयोजकत्वमा असार ९ गते ७ दिनको म्याद तोकेर ५ सदस्यीय उच्च स्तरीय छानबिन समिति गठन गरेका थिए ।

छानबिन समितिले तोकिएको म्याद सकेर बल्ल छानबिन गर्न सुरु गरेको छ । स्रोतका अनुसार उक्त चलखेल र छानबिनमा ढिलाइका पछाडि टेलिकम उच्च व्यवस्थापनको हात रहेको पाइएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीकै दबाबका कारण छानबिन गर्न ढिलाइ गरेको स्रोतको दाबी छ । गम्भीर संवेदनशील प्रमाणहरु नष्ट गर्ने उद्देश्यले छानबिन पछि सार्दै आएको स्रोतको भनाइ छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।