२२ असार, काठमाडौँ। साउन १ गते पछाडि आउने मोबाइल आईएमईआई नम्बर दर्ता गरिएको छैन भने नचल्ने भएको छ । साउन १ गते अगाडिदेखि नै चलाइरहेका मोबाइलहरुको हकमा भने अहिले समस्या पर्दैन । तर सबैले आईएमईआई नम्बर दर्ता गर्दा राम्रो हुन्छ ।’ साउन १ गतेभन्दा अगाडि देखि नै प्रयोगमा आइरहेका मोबाइलको डाटा प्राधिकरणको प्रणालीमा डाटा बसिसकेको हुनाले आईएमईआई नम्बर दर्ता नगर्दा पनि चल्नेछ ।
आईएमईआई नम्बर कसरी दर्ता गर्ने ?
इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ । मोबाइलको कभरमै आईएमईआई नम्बर हुन्छ । कभर छैन भने पनि *#06# डायल गर्दा पनि आफ्नो मोबाइलको आईएमईआई नम्बर देखिन्छ ।
यो नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशन भन्ने स्थानमा गएर दर्ता गर्न सकिन्छ । मोबाइल सेटका व्यवसायीहरुले आफैं यो नम्बर दर्ता गरेका हुन्छन् । कसै–कसैले आईएमईआई नम्बर दर्ता नगरीकन पनि बेच्ने गरेको भए त्यो दण्डनीय हुने प्राधिकरणले बताएको छ ।