युवा उद्यमी चौधरीको लगानीमा फुटसल खुल्दै

खेलकुद समाचार

१७ असार, काठमाडौं । युवा उद्यमी खुशिराम चौधरीले ललितपुरको ईमाडोल कृष्ण मन्दिर नजिकै आफ्नै लगानीमा फुटसल खोल्ने भएका छन् ।

दाङमा जन्मिएर हुर्केका २७ वर्षीय चौधरीको फुटवल प्रतिको मोह अत्यन्तै छ। उनी पनि सानैदेखि फुटवल खेल्ने गर्थे र फुटवललाई नै आफ्नो करिअरको रूपमा अगाढि वढाउने प्रण गर्दथे फलस्वरूप चौधरीले करोडौंको लगानीमा ईमाडोलमा फुटसल खोल्न लागेका हुन् ।

खुशिराम चौधरीले फुटसलमा क्रिस्टियानो रोनाल्डोको प्रतिमा राखेर खेललाई उच्च सम्मान गरेका छन्। चौधरीका अनुसार, उनले फुटसललाई श्रावण १ गते देखि खोल्ने योजना वनाएका छन्। महामारिकै विचमा करोडौं लगानी गरेपनि लगानी डुव्ला कि भन्ने चिन्ता खुशिराममा छैन ।