छुद्र भाषा बोल्नेले देश चलाउन सक्दैन: शेरबहादुर देउवा

Headlines समाचार

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छुद्र भाषा बोल्नेले देश चलाउन नसक्ने बताएका छन् ।

सोमबार ५ दलीय गठबन्धनले गरेको नागरिक समाजसँगको छलफलमा देउवाले बाेलीमा लगाम लगाउन नसक्नेले देश चलाउन नसक्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै भने – रेस्पेक्ट गर्नसक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?

यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी आफैले ठुलो गल्ति गरेको बताएका छन् । राष्ट्रपतिले संविधान कार्यान्वयनमा गलत बाटो लिएको भन्दै देउवाले उनले पदीय गरिमालाई नै समाप्त पारेको समेत बताएका छन् ।

अदालत स्वतन्त्र रहेको भन्दै देउवाले आफुहरुले अदालतप्रति भरोसा गरेको बताए । अदालत कुनै पनि तागतको दबाबमा नलाग्ने भन्दै देउवाले अदालत नेपालको राष्ट्रको अदालत भएको बताए ।