भोलिदेखि देशभरका सबै मालपोत कार्यालय खुल्ला हुने

अर्थ समाचार

७ असार, काठमाडौं । भोलिदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने भएका छन । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द कार्यालयहरु भोलि देखि सेवा प्रवाह हुने गरि खुल्ने भएका हुन । यद्यपि, निषेधाज्ञाका बिचमै पनि सेवाग्राहीको लागि कार्यालय बन्द रहेपनी आन्तरिक प्रशासनिक प्रयोजनको लागि भने कार्यालयहरु खुल्लै थियो ।

भोलिदेखी आम नागरिकले अधिकांश मालपोत कार्यालयबाट सेवा पाउने भुमी ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक शेष नारायण पौडेलले बताए । मालपोत खबरसँग कुरा गर्दै पौडेलले भने, – ‘ सेवाग्राहीको लागि भोलिदेखी अधिकांस मालपोत कार्यालयहरु खुल्ला रहनेछन । यद्यपि कतिपय स्थानमा जोखिमको अवस्थालाई हेरेर सम्बन्धित जिल्लाका मालपोत कार्यालयले स्थानिय प्रशासनको समन्वयमा निर्णय गर्ने गरि परिपत्र गरिएको छ ।’

मालपोत कार्यालय खुलेपछि सेवाग्राहिले सबै प्रकारका सेवा लिन सक्नेछन । भिडभाडका कारण हुने कोरोना जोखिमलाई मध्यनजर गर्दै स्थानिय तह अनुसार आलोपालो सिस्टम गरी सेवा प्रवाह हुने महानिर्देशक पौडेल जानकारी दिए । कार्यालयले सिमित कर्मचारी राखेर सेवा संचालन गर्ने जनाएको छ ।