उपत्यकामा खुकुलो वनाएर थप एकसाता देखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी

Headlines समाचार

५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा केहि खुकुलो गरेर पुन: एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाभित्र निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ।

‘‘उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएका छौँ। एकैपटक निषेधाज्ञा हटाइयो भने फेरि महामारी नियन्त्रण बाहिर जानेमा हामी सजग छौँ,” प्रजिअ पराजुलीले भने, ‘‘त्यसैले पनि निषेधाज्ञा हटाइहाल्न मिल्दैन। चरणबद्ध रुपमा निषेधाज्ञा खुकुलो बनाउदै लैजाने हो। पछिल्लो समय निषेधाज्ञामा कडाइ गर्नेभन्दा पनि संक्रमणदर पुनः नफैलिने गरी व्यवस्थापन गर्नतिर लागेका छौँ।”