माधव नेपालले बोलाए आफ्नो समूहको स्थायी समिति बैठक

Top Post राजनीति समाचार

३ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफूनिकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेअघिको स्थायी कमिटी बैठक बोलाउने चर्चा चलिरहेको बेला समूहको रणनीति तय गर्न नेपालले बैठक डाकेको बुझिएको छ ।

नेपालले हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग त्रिपक्षीय छलफल गरेका थिए भने जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईसँग पनि भेटेका थिए ।