करेन्ट लागेर २ जनाको मृत्यु

समाचार

२८ जेठ, झापा । झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो ।

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाऊपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको छ ।

घटना भएको दुवै स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।