दिपक मनाङेले छाडे मुख्यमन्त्री गुरूङको साथ

Headlines राजनीति समाचार

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत दिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन लागि परेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।

सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ ।

मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता गराएका थिए । गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेको हुन् ।